दाेहाेराे अंकले घट्यो शेयर बजार, ९७ करोड बराबरको कारोबार
काठमाडौं,१९ कात्तिक । साताको पहिलाे कारोबार दिन आइतबार शेयर बजार २१.४६ अंकले घटेको छ । यस दिने बजार मापक नेप्से परिसूचक १.१६ प्रतिशतले घटेर १८२६.२३ अंकमा समेटिएको छ ।
यस दिन २८९ कम्पनीको शेयर कारोबार भएका छन् । जसमध्ये १९७ कम्पनीको शेयरमूल्य घटेको छ, ३५ वटाको बढेको छ भने बाँकी ४ वटाको शेयरमूल्यमा घटबढ भएको छैन ।आइतबार ३५ लाख ५८ हजार ५५४ कित्ता शेयर किनबेच हुँदा ९७ करोड २३ लाख ६७ हजार २७८ रुपैयाँकाे कारोबार भएको छ ।