Date

बुध, माघ २, २०८१
Wed, January 15, 2025

एक हजारभन्दा बढी महिला तथा बालबालिकाकाे उद्धार

एक हजारभन्दा बढी महिला तथा बालबालिकाकाे उद्धार

धनगढी, २२ कात्तिक । मानव बेचबिखन तथा ओसारपसार विरुद्ध अभियान सञ्चालन गर्दै आएको शान्ति पुनस्र्थापना गृहले पछिल्लो वर्ष बेचिने जोखिममा परेका एक हजार चारसय ६३ महिला तथा बालबालिकालाई उद्धार गरेको छ ।

धनगढीमा मङ्गलवार आयोजित कार्यक्रममा सार्बजनिक गरिएको तथ्याङ्कअनुसार विभिन्न प्रलोभनमा परी बेचिने जोखिमा भारतसहित अन्य मुलक पुगेका ८७ व्यक्तिलाई उद्धार गरेर ल्याइएको जानकारी दिइयो ।

तीमध्ये कतिपयलाई बिदेशबाट र अन्य कतिपयलाई नेपाल—भारत सीमा नाकाबाट उद्धार गरिएको पुनस्र्थापना गृहका क्षेत्रीय संयोजक संजित सिंहले बताए ।

“निरक्षर महिलालाई विभिन्न प्रलोभन दिएर ललाईफकाई भारतसहित विभिन्न मुलुकमा पुर्याउने घटना भइरहेका छन्”, उनले भने, “बेचिनेमा खासगरी एकल, निरक्षर र बेरोजगार महिला बढी छन् ।”

विभिन्न प्रलोभन दिएर ललाईफकाई निरक्षर महिलालाई बेचबिखनको फन्दामा पार्नेमा गिरोह नै सक्रिय रहेको जानकारी दिइयो ।

सो अवधिमा प्रहरीको रोहवरमा एक हजार चारसय ४९ जानालाई सम्बन्धित परिवारमा हस्तान्तरण गर्नाका साथै २६हजार नौसय ८७ महिला तथा बालबालिकालाई परामर्श दिइएको बताइएको थियो ।

उक्त संस्थाको अध्ययनअनुसार फोन तथा इन्टरनेटको सहज पहुँच बढ्दा नेपालमा पछिल्ला वर्षमा मानव बेचबिखन अपराधका नयाँ घटनाहरु देखिन थालेका छन् ।

इन्टरनेट, मोबाइल फोनलगायत सामाजिक सञ्जालको सहज पहुँचका कारण मानव बेचबिखन तथा ओसारपसार रोकथाममा अर्को चुनौति थपिएको संयोजक सिंहले बताए ।

कार्यक्रममा धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाथारुले मानव बेचबिखन तथा ओसारपसार विरुद्ध उपमहानगरपालिकाले यस संस्थासँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरिन् ।

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x