Date

शुक्र, असार २७, २०८२
Fri, July 11, 2025

२७ करोड ३८ लाख रुपैयाँ कारोबार भएको शेयर बजार ८.३४ अंकले घट्यो

२७ करोड ३८ लाख रुपैयाँ कारोबार भएको शेयर बजार ८.३४ अंकले घट्यो

काठमाडौं, ६ असार । लगानीकर्ताहरुको विश्वास शेयर बजार प्रति जाग्न नसकेकोले नेप्से परिसुचक ओरालो लागेको छ । बुधबार नेप्से परिसुचक ओरालो लागे पनि कारोबार रकममा भने वृद्धि देखिएको छ । हिजो मंगलबार २० करोड रुपैयाँ माथिको कारोबार गरेको शेयर बजारले आज २७ करोड ३८ लाख ३२ हजार ९९२ रुपैयाँको कारोबार गरेको छ ।

बुधबार कुल १५६ कम्पनीहरुको २५ लाख ९१ हजार ९०९ कित्ता शेयरको किनबेच भएको छ । नेप्से बुधबार ८.३४ अंकले घटेर १२१७.८४ विन्दुमा पुगेको छ । शेयर बजार खुलेको समय देखी नै नेप्से ओरालो लाग्ने क्रममा रहेको हो ।

बुधबार नेप्से परिसुचकसंगै समुहगत परिसुचकहरु पनि नकारात्मक नै बनेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *