Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

ग्रीन डेभलपमेण्ट बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा प्रकाश गुरुङ्ग

ग्रीन डेभलपमेण्ट बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा प्रकाश गुरुङ्ग

काठमाडाैं,३ मंसिर। ग्रीन डेभलपमेण्ट बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा प्रकाश गुरुङ्ग नियुक्त भएका छन् ।

दुई दशकभन्दा लामो बैंक तथा वित्तीय क्षेत्रमा कार्य अनुभव रहेका गुरुङ्गलाई सञ्चालक समितिको बैठकले नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

वित्तीय संस्थाहरुको दीर्घकालीन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा अत्यन्त कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गरी कुशल व्यवस्थापकका रूपमा स्थापित गुरुङ्ग यसअघि साईन रेसुङ्गा डेभलपमेण्ट बैंकको नायव प्रमुख कार्यकारी अधिकृत तथा पोखरा फाईनान्सको संचालकको भूमिकामा रहि कार्य सम्पादन गरिसकेका छन् ।

नव नियुक्त नायव प्रमुख कार्यकारी अधिकृत गुरुङ्गले यस बैंकको उच्च ब्यवस्थापनमा आबद्ध भई कार्य गर्ने अवसर प्राप्त गरेकोमा खुसी व्यक्त गरे । बैंकलाई थप सबल र सुदृढ बनाउन आफ्नो अहंम भूमिका रहने बताए ।

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *