सामान्य अंकले बढ्याे शेयर बजार,१ अर्ब ९९ करोडकाे कारोबार
काठमाडौं,४ मंसिर । साताको दाेस्राे कारोबार दिन साेमबार शेयर बजार १.३९ अंकले बढेको छ । यस दिने बजार मापक नेप्से परिसूचक ०.०७ प्रतिशतले बढेर १८५३.४८अंकमा समेटिएको छ ।
यस दिन २८४ कम्पनीको शेयर कारोबार भएका छन् । जसमध्ये ११३ कम्पनीको शेयरमूल्य घटेको छ, ११९ वटाको बढेको छ भने बाँकी ६ वटाको शेयरमूल्यमा घटबढ भएको छैन । साेमबार ३३ लाख १९ हजार ५५८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९९ करोड ३१ लाख ८ हजार २९ रुपैयाँकाे कारोबार भएको छ ।