Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

कर दिवस: यी हुन् सर्वाधिक कर तिर्ने १६ व्यक्ति तथा संस्था

कर दिवस: यी हुन् सर्वाधिक कर तिर्ने १६ व्यक्ति तथा संस्था

काठमाडौं, ७ मंसिर । कर दिवसका अवसरमा सर्वाधिक कर तिर्ने विभिन्न १६ विधाका व्यक्ति तथा संस्था सम्मानित भएका छन् । बिहिबार आन्तरीक राजस्व विभागमा आयाेजित कर सप्ताह समापन समाराेहमा सर्वाधिक कर तिर्ने व्यक्ति तथा समूहलाई सम्मान गरिएकाे हाे ।

कार्यक्रममा प्रमुख अथिति रहेका अर्थमन्त्री डा. प्रकाशशरण महतले सम्मानित भएका व्यक्ति तथा संस्थालाई सम्मान पत्र हस्तान्तरण गरे ।

संस्थागततर्फ बढी आयकर बुझाउनेमा नेपाल टेलिकम र वस्तु व्यापारको कारोबारमा सर्वाधिक कर तिर्नेमा  भाटभटेनी सुपरमार्केटलाई सम्मान गरिएकाे छ ।

यसैगरी भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ सम्मानित भएका छन् भने व्यक्तिगत आयबाट धेरै कर तिर्ने उद्यमीमा विजयबहादुर शाह सम्मानित भए । उनी हिमालय डिस्टिलरी लिमिटेडका अध्यक्ष हुन् ।

त्यसैगरी वित्तीय संस्थाका तर्फबाट ग्लोबल आईएमई, रेमिट्यान्स कम्पनी आईएमईले पनि सर्वाधिक कर तिरेको छ । ग्लोबल बैंकका अध्यक्षसमेत रहेका चन्द्र ढकाललाई सरकारले सम्मान गरेको छ ।

यसैगरी सबैभन्दा बढी निर्यात गरेकोमा डाबर नेपाल, विशेष उद्योगबाट एसियन पेन्टस्, कृषिबाट ओबिस फुड्स, सहकारी तथा लघुवित्तबाट छिमेक लघुवित्त संस्था, विमा व्यवसायमा लाईफ इन्स्यारेन्स कर्पोरेसन, स्वास्थ्य तथा शिक्षामा नेपाल नोबेल मेडिकल कलेज, पर्यटन व्यवसायमा मनकामना दर्शनले सर्वाधिक कर तिरेको छ ।

मध्यम स्तरीय करदातामा नेपाल स्टक एक्सचेन्ज, ऊर्जामा भोटेकोसी पावर कम्पनीलाई सम्मान गरेको छ । निरन्तर पाँच वर्षदेखि सर्वाधिक कर तिर्ने र यस वर्ष पनि अन्तःशुल्क, मूल्य अभिवृद्धि र आय कर तिर्ने सूचीमा गरेर दुई विधामा सूर्य नेपाललाई सम्मान गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x