प्रभु बैंकले पायो ‘बैंक अफ दि इयर–२०२३’ को उपाधि

काठमाडाैं,१५ मंसिर । प्रभु बैंकले ‘बैंक अफ दि इयर २०२३’ को उपाधि प्राप्त गरेको छ । बेलायतको लन्डनस्थित फाइनान्सियल टाइम्सले सन् २०२३ का लागि ‘बैंक अफ दि इयर २०२३ नेपाल’बाट प्रभु बैंकलाई सम्मान प्रदान गरेको हो ।
विश्व अर्थतन्त्र चौतर्फी मन्दीको मारमा रहे पनि प्रभु बैंक नयाँ बजार र ग्राहकहरूको व्यवसायको विकास गर्न चुनौतीहरूको सामना गर्दै अधिक नागरिकलाई वित्तीय सेवा पुर्याएको, प्रतिस्पर्धी बैंकका बिचमा विकसित व्यावसायिक वातावरण बनाउन र बलियो वित्तीय कार्यसम्पादन गर्ने क्षमताको मूल्यांकन मापपदण्डका आधारमा अवार्डबाट सम्मानित भएको हो ।
बेलायतमा भएको समारोहमा प्रभु बैंकका अध्यक्ष लिलाप्रकाश सिटौला, बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनले सम्मान ग्रहण गरेका छन् ।
अवार्ड वितरण समारोहमा १ सय २० भन्दा बढी देशका ३ सय ५० भन्दा बढी बैंकका अध्यक्ष, सिइओ, सीएफओ र अन्य वरिष्ठ प्रबन्धकको सहभागिता रहेको थियो ।