बढ्याे सुन-चाँदीकाे भाउ, आज कतिमा हुदैँछ खरिद-बिक्री ?

काठमाडाैं, १७ मंसिर । शुक्रबार १ लाख १९ हजार रुपैयाँ रहेकाे सुनको मूल्य आजभने प्रतितोला ८ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला रू एक लाख २० हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २० हजार २०० रुपैयाँ निर्धारण गरिएकाे छ । शुक्रबार छापावाल सुन प्रतिताेला १ लाख १९ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ४५० रुपैयाँ निर्धारण गरिएकाे थियाे ।
त्यसैगरी, आज चाँदीको मूल्यभने बढेकाे छ । शुक्रबार प्रतितोला १५ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आजभने प्रतितोला १५ सय ४५ रुपैयाँ निर्धारण गरिएकाे छ।