Date

मङ्ल, अशोज २९, २०८१
Tue, October 15, 2024

बढ्यो पूँजीगत खर्च

बढ्यो पूँजीगत खर्च

काठमाडौं, १९ मंसिर । चालु आर्थिक वर्ष २०८०/८१ को मंसिर १८ गते गतेसम्म पूँजीगत खर्च ३२ अर्ब ६४ करोड तीन लाख रुपैयाँ भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत वर्षको सोही अवधिको तुलनामा पूूँजीगत खर्च बढेको हो । उक्त अवधिमा पूँजीगत खर्च लक्ष्यको १०.८१ प्रतिशत भएको छ । गत वर्षको मंसिर १८ गतेसम्म २९ अर्ब ५३ करोड १७ लाख रुपैयाँ पूँजीगत खर्च भएको थियो । तर, यो वर्ष भने पूँजीगत खर्चमा केही सुधार देखिएको हो ।

सरकराले चालु आर्थिक वर्षमा तीन खर्ब दुई अर्ब सात करोड रुपैयाँ पूजीगततर्फ विनियोजन गरेको छ । गत वर्ष भने पूँजीगत खर्चतर्फ सरकारले तीन खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको थियो । गत वर्षको मंसिर १८ गतेसम्म लक्ष्यको ७.७६ प्रतिशत मात्र पूँजीगत खर्च भएको थियो ।

गत वर्ष संघ तथा प्रदेश तहको निर्वाचनका कारण पनि पूँजीगत खर्चमा सुधार हुन सकेको थिए । यो वर्ष भने निर्माण व्यवसायीको भूक्तानी समयमा नै भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बताउँदै आएका छन् ।

चालु आर्थिक वर्षको मंसिर १८ गतेसम्म तीन खर्ब १३ अर्ब ७९ करोड रुपैयाँ राजस्व संकलन भएको छ । यो राजस्व संकलन लक्ष्यको २२.०६ प्रतिशत हो । सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब २२ अर्ब ५४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x