Date

शनि, बैशाख २७, २०८२
Sat, May 10, 2025

आन्तरिकतर्फ एक खर्ब २७ अर्ब राजस्व उठ्यो, विदेशिने विद्यर्थी बढ्दा लक्ष्यभन्दा बढी राजस्व संकलन

आन्तरिकतर्फ एक खर्ब २७ अर्ब राजस्व उठ्यो, विदेशिने विद्यर्थी बढ्दा लक्ष्यभन्दा बढी राजस्व संकलन

काठमाडौं, २० मंसिर । सरकारले कात्तिक मसान्तसम्म आन्तरिकतर्फ एक खर्ब २७ अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । आन्तरिक राजस्व विभागका अनुसार चार महिनाको अवधिमा लक्ष्यको १९.०५ प्रतिशत कम राजस्व संकलन भएको हो ।

विभागले आयकर, घरबाहल कर, शिक्षा कर, स्वास्थ्य सेवा कर, मूल्य अभिवृद्धि कर (भ्याट)लगायत शीर्षकमार्फत एक खर्ब ५७ अर्ब नौ करोड ४० लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर, विभागले राखेको लक्ष्यको ८०.९५ प्रतिशत कर प्राप्त भएको हो ।

चार महिनाको अवधिमा सबैभन्दा बढी आयकरमार्फत उठको छ । यो शीर्षकमा ४३ अर्ब १८ करोड रुपैयाँ राजस्व उठेको छ । यो लक्ष्यको ९४.८७ प्रतिशत हो ।

लक्ष्यभन्दा बढी कर शिक्षा मार्फत उठेको छ । कात्तिकसम्म विभागले शिक्षा शीर्षकमा ८५ करोड ५६ लाख रुपैयाँ कर आर्जन गर्ने लक्ष्य राखेको थियो । तर, यो शीर्षकमा एक अर्ब २१ करोड एक लाख रुपैयाँ आर्जन भएको छ । यो लक्ष्यको १४१.४३ प्रतिशत हो ।

सबैभन्दा कम घरबहाल करमार्फत उठेको छ । यो शीर्षकमा ९९ करोड ५१ लाख रुपैयाँ कर उठाउने लक्ष्य राखिएको भए पनि ५७ करोड ९९ लाख रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ । यो लक्ष्यको ५८.२८ प्रतिशत हो ।

पछिल्लो समय विदेश पढ्न जाने विद्यार्थीहरूको संख्या बढ्दै गएपछि शिक्षा शीर्षकमा आर्जन गर्ने भनिएको करमा व्यापक वृद्धि भएको देखिन्छ । नेपालमा भने अहिले कलेज पढ्ने विद्यार्थीको संख्या न्यून हुँदै गएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *