Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी तालिम सुरू

व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी तालिम सुरू

विराटनगर, २१ मंसिर । सुरक्षित एवं स्वस्थ्य कार्यस्थलका साथै श्रमिक शत्तिमा उद्योगको उत्पादकत्व निर्भर रहने कुरालाई आत्मसात गरी उद्योग संगठन मोरङको आयोजना तथा इन्स्योर परियोजनाको प्राविधिक सहयोगमा आज मंसिर २१ गते देखि तीन दिने व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी तालिम प्रारम्भ भएको छ ।

तालिममा संगठनका कार्यवाहक अध्यक्ष सुवोध कोईरालालाले प्रविधिको विकाससंगै कार्यस्थलमा जोखिम र जटिलताका साथै नयाँ चूनौतिहरु थपिदै गएको अवस्थामा कार्यस्थललाई स्वस्थ्य, सुरक्षित, व्यवस्थित मर्यादित बनाउनु पर्ने आवश्यकतालाई बाेध गरी संगठनले तालिमको आयोजना गरेको बताए ।

श्रमिकको सुरक्षा र स्वास्थ्यले उद्योगको उत्पादकत्व, वस्तुको गुणस्तरका साथै औद्योगिक विकासमा समेत प्रभाव पर्ने भएकाले जोखिम रोकथाम र न्यूनिकरणका उपायहरु सबैले अवलम्वन गर्नुपर्ने धारणा राखे ।

उनले असल उत्पादनको अभ्यासमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य अत्यन्त महत्वपूर्ण पक्ष भएकाले यसतर्फ सबैले ध्यान दिनुपर्ने कुरामा जोड दिए ।

तालिमका प्रशिक्षक एवं व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यका विषेशज्ञ दिनेश प्रसाद साहले तीन दिने तालिममा नीतिगत र कानुनी प्रावधानहरु, व्यवस्थापन पद्धती र सुरक्षा योजना, सुरक्षित कार्यस्थल विकास, जोखिम पहिचान एवं व्यवस्थापन र जोखिम नियन्त्रणका वारेमा उद्योग प्रतिष्ठानका व्यवस्थापकहरुलाई ब्यवहारिक ज्ञान दिईने बताए ।

उनले तालिम अवधिमा सहभागि भएका उद्योग प्रतिष्ठानहरुका लागि व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको पद्धती विकास गरिने बताउदै मानवीय एवं भौतिक क्षति न्यूनिकरण, उत्पादन प्रकृया एवं पद्धतीलाई जोखिममुक्त बनाउने, मेशिन औजारको सुरक्षित संचालन विधिका विषय तालिमका समेटिएको जानकारी दिए ।

सुनसरी मोरङ औद्योगिक करिडोरका वीश उद्योग प्रतिष्ठानका व्यवस्थापक, प्रशासक र प्राविधिक गरी पच्चीस जनाको तालिममा सहभागिता रहेको छ ।

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x