Date

बिहि, कार्तिक १५, २०८१
Thu, October 31, 2024

शेयर बजारमा तीन पटक सर्कित लाग्दा पनि यी दुई कम्पनीका लगानीकर्ताले गुमाए

शेयर बजारमा तीन पटक सर्कित लाग्दा पनि यी दुई कम्पनीका लगानीकर्ताले गुमाए

काठमाडौं, २५ मंसिर । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइतबार तीन पटक सकारात्मक सर्किट लागेर बन्द भयो । पहिलो पटक ४ प्रतिशतले, दोस्रो पटक ५ प्रतिशत र तेस्रो पटक ६ प्रतिशतले बजार बढेर सकारात्मक सर्किट लागेको थियो । दिनभरमा ९ मिनेट मात्र कारोबार भएको बजार १११.२० अंकले बढ्यो ।

तर, दुई कम्पनीको शेयर मूल्य भने घट्न पुगेको छ । नेप्से उच्च अंकले बढ्दा पनि उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र कालिका लघुवित्त संस्था लिमिटेडको शेयर मूल्य घटेको हो ।

उपकार लघुवित्तले गत वर्षको नाफाबाट लाभांश वितरण गर्न नसक्ने सूचना आइतबार मात्र आएकाले शेयर मूल्य घट्न पुगेको हो । उपकार लघुवित्तको गत बिहीबार बसेको सञ्चालक समितिको बैंठकले लाभांश वितरण गर्न नसक्ने निर्णय गरेको थियो । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९५० रुपैयाँ कायम भएको छ ।

त्यस्तै कालिका लघुवित्त वित्तीय संस्थाको सेयर प्रतिकित्ता ५७९ रुपैयाँ ७० पैसा कायम भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x