Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

केबिएल सेक्यूरिटिज लिमिटेडले औपचारीक रुपमा धितोपत्र कारोबार शुभारम्भ

केबिएल सेक्यूरिटिज लिमिटेडले औपचारीक रुपमा धितोपत्र कारोबार शुभारम्भ

काठमाडाैं, २५ मंसिर । सोमबारबाट केबिएल सेक्यूरिटिज लिमिटेड (शेयर ब्रोकर नं ९४) ले औपचारीक रुपमा धितोपत्र कारोबार शुभारम्भ गरेको छ ।

कुमारी बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप ज.ब.राणाले कम्पनीको कारोबार शुभारम्भको उद्घाटन गरेका थिए ।

उक्त कार्यक्रममा केबिएल सेक्यूरिटिज लिमिटेड तथा कुमारी बैंक लिमिटेडका सञ्चालक समितिका पदाधिकारी, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका कर्मचारी तथा लगानीकर्ताहरुको उपस्थिति रहेको थियो ।

कारोबार शुभारम्भ गरे सँगै शेयर बजारका लगानीकर्तालाई उत्कृष्ट र सर्वसुलभ सेवा प्रदान गर्न केबिएल सेक्यूरिटिज सदैव प्रयासरत रहने कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनय रेग्मीले उल्लेख गरेका छन् ।

 

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x