Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

कुमारी बैंकद्वारा सम्पूर्ण ऋणीको कर्जाको प्रिमियम दर अधिकतम ३.५ प्रतिशत कायम

कुमारी बैंकद्वारा सम्पूर्ण ऋणीको कर्जाको प्रिमियम दर अधिकतम ३.५ प्रतिशत कायम

काठमाडाैं, २८ मंसिर । कुमारी बैंक लिमिटेडले आफ्ना ऋणी ग्राहक महानुभावहरूको सेवा–सुविधालाई मध्यनजर गर्दै कर्जाको प्रिमियम दर घटाउने निर्णय गरेको छ ।

आउँदो जनवरी १, २०२४ देखि लागू हुने गरी कर्जाको प्रिमियम दरलाई अधिकतम ३.५% रहने गरी लागू गर्नेछ ।

यो नयाँ दर फोन लोन र क्रेडिट कार्ड बाहेक यस बैंकबाट प्रवाह भएका अन्य सबै प्रकारका कर्जाहरु उपभोग गर्ने नयाँ तथा पुराना सबै ग्राहकहरूमा लागू हुनेछ ।

कुमारी बैंकले आफ्ना ग्राहकहरुको आर्थिक गतिविधि थप चलायमान होस् भन्ने उद्देश्यका साथ प्रिमियम दर घटाउने निर्णय गरेको हो ।

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x