पाँच चिनियाँ जहाज बिक्री गर्न निगमद्वारा खरिद प्रस्ताव आह्वान
काठमाडौं, ५ पुस । चिनियाँ जहाज बिक्री गर्न नेपाल वायुसेवा निगमले प्रस्ताव आह्वान गरेको छ । पटक पटकको प्रस्ताव आह्वानमा जहाज बिक्री नभएपछि निगमले फेरि प्रस्ताव आह्वान गरेको हो ।
निगमले २ वटा एमए–६० र ३ वटा वाई–१२ जहाज बिक्रीका लागि मूल्यांकन प्रक्रिया अघि बढाएको हो। निगमले १५ दिनको समय दिएर कम्पनी छनोटका लागि सूचना जारी गरेको हो। जहाज खरिदको लागि निवेदन दिने म्याद ४ फेब्रुअरीसम्म अर्थात् आगामी २१ माघसम्म छ ।
जसले बढी मूल्य कबुल गर्छ, उसैले जहाज पाउने गरी जहाज बिक्री गर्न लागिएको निगमले जारी गरेको सूचनामा उल्लेख छ । यी जहाजहरू कोरोना महामारीपछि उडेका छैनन् ।