एनआईसी एशिया लघुवित्तको छैठौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडाैं, ६ पुस । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौँ वार्षिक साधारण सभा सम्पन्न भएकाे छ ।
उक्त सभाले विभिन्न एजेन्डा सहित संस्थाको आ.व. २०७९÷८० को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०८० को वासलात, नाफानोक्सान हिसाब र नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरी सभाले संस्थाको शेयरधनीहरुलाई चुक्ता पूँजीको १५% का दरले रु.२६,०९,१६,०००÷– (अक्षरेपी छब्बीस करोड नौ लाख सोह्र हजार मात्र) नगद लाभांश (कर प्रयोजन समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
यसका साथै, उक्त सभामा प्रचलित कानून तथा विद्यमान व्यवस्था अनुसार सञ्चालन गरिएको निर्वाचन कार्यक्रमबाट संस्थापक एन आई सी एशिया बैंक लिमिटेडको तर्फबाट मनोनित भई प्रतिनिधित्व गर्नुभएका दिपक ढकाल निर्विरोध उक्त सञ्चालक पदमा निर्वाचित भएका छन् । उनले अध्यक्ष सन्तोष कुमार राठी समक्ष शपथ ग्रहण गरी आफ्नो पद बहाल गरे ।