नागरिक पेन्सन योजना: सहभागी हुनेले न्यूनतम ५०० बुझाउन सकिने
काठमाडौं, १० पुस । नागरिक लगानीकोषले नागरिक पेन्सन योजनामा सहभागी हुन आग्रह गरेको छ ।
कोषले आय आर्जन गर्ने , प्रचलित कानुन बमोजिम स्थापना भएका संघ , संस्था एवम् प्रतिष्ठानमा कार्यरत कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैर आवसिय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन सक्ने बताएको छ ।
यस योजनामा सहभागी हुने बचतकर्ताहरूले न्यूनतम ५०० रूपैयाँदेखि अधिकतम आम्दानीको क्षमता अनुसार १० ले भाग जाने संख्यामा जम्मा गर्न सकिनेछ । काेषका अनुसार बचतकर्ताको आम्दानीको आधारमा मासिक , त्रैमासिक, अर्धवार्षिक र वार्षिक रुपमा जम्मा गर्न सकिने छ ।
साठी वर्ष उमेर पुरा भएको र कम्तीमा १५ वर्ष योगदान गरेका बचतकर्ताहरू यस योजनामा सहभागि हुन सक्नेछन् । बचतकर्ताले १५ वर्षको बचत नगर्दै त्यसको ब्याज र प्रतिफल समेत एकमुण्ठ भुक्तानी लिन वा पेन्सको रुपमा भुक्तानी समेत लिन सक्नेछन् ।