बिहिबार १ डलर किन्न १३३ रुपैयाँ ०६ पैसा तिर्नुपर्ने
काठमाडाैं, १२ पुस । बिहिबार पनि अमेरिकी डरकाे भाउ बढेकाे छ । आज एक अमेरीकी डलर किन्न १३२ रूपैयाँ ०६ पैसा तिर्नु पर्ने भएकाे छ ।
बुधबार १ अमेरिकी डलरको खरिद दर १३२.८२ र बिक्री दर १३३.४२ रुपैयाँ रहेकाेमा आज बिहिबार एक डलरको खरिददर १३३ रूपैयाँ ०६ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६६ पैसा कायम गरिएको हाे।
आज युरोपियन युरो एकको खरिदमा भने १४७ रूपैयाँ ०८ पैसा र बिक्रीमा १४७ रूपैयाँ ७५ पैसा पाइन्छ।
यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६९ रूपैयाँ ४० पैसा र बिक्रीदर १७० रूपैयाँ १६ पैसा तोकिएको छ।