महालक्ष्मी विकास बैंक ग्राहकलाई अपाेलाे डाइग्नाेष्टिकमा विशेष छुट
काठमाडाैं, १८ पुस । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ धुमबाराही, काठमाडौंमा अवस्थित एपाेलाे डाइग्नाेष्टिक सेन्टरसँग सम्झौता गरेको छ ।
सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाका विभिन्न स्वास्थ्य सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । जसमा स्वास्थ सम्बन्धी प्याकेजहरूमा २५ प्रतिशत छुट, नियमित परिक्षणमा २५ प्रतिशत छुट, आउटसोर्स परीक्षणमा १० प्रतिशत छुट, काेभिड १९ आिटपिसिआर टेस्टमा रू १ हजार छुट र काेभिड १९ रेपिड एन्टिजेन टेस्टमा रू ७५० छुट प्राप्त गर्न सक्नेछन् ।
यस सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।तकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।