Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

पोखरामा तीनदिने कृषि यान्त्रीकरण प्रदर्शनी हुँदै

पोखरामा तीनदिने कृषि यान्त्रीकरण प्रदर्शनी हुँदै

पोखरा, २१ पुस ।  ‘कृषि यान्त्रिकरणको अवलम्बन, कृषिकार्यमा परिवर्तननारा सहित पोखरामा प्रथम प्रादेशिक कृषि यान्त्रिकरण प्रदर्शनी – २०८० सुरु भएको छ । नेपाल कृषि मेसिनरी व्यवसायी संघ (NAMEA) को आयोजनामा  शुक्रबारबाट पोखरा नयाँ बजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा सुरु भएको मेला आइतवारसम्म चल्नेछ ।

प्रर्दशनीमा १० भन्दा बढी मुलुकका एक हजार भन्दा बढी प्रकारका कृषियन्त्र, औजार, उपकरण तथा प्रविधिहरु रहेका छन्। 

कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका कृषि तथा भूमी व्यवस्थापन मन्त्री महेन्द्रधोज जीसीले गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै मन्त्री जीसीले भौगोलिक स्थिति अनुसार कृषि यान्त्रिकरणको योजना तयार गरिनुपर्ने बताए । कृषि यान्त्रिकरणको नाममा मसिनहरू अनुदानमा दिइने भएपनि त्यसको उपयोग भने हुननसकेको उनले बताए ।

पहाडमा किसानहरूले मेसिन बिग्रिएको खण्डमा मर्मत गर्ने सुविधा नपाएको भन्दै यसको समस्या समाधानका लागि नीजि क्षेत्रले पनि पहल गर्नुपर्ने कुरामा उनले जोड दिएका थिए ।     

        नेपालको कृषि तथा पशुपालन क्षेत्रलाई यान्त्रीकरण, औद्योगिकरण, आधुनिकीकरण तथा व्यवसायीकरण गर्न टेवा पुर्याउने उद्देश्यले आयोजना गरिएको यस प्रदर्शनीमा आधुनिक कृषि, पशुपालन, मत्स्यपालन, पुष्प खेती, व्यवसायीक तरकारी खेती र प्रशोधन तथा बजारीकरण सम्बन्धी आधुनिक यन्त्र, उपकरण तथा प्रविधिका सामाग्री, बीउविजन, आधुनिक सिंचाई लगायतको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा रहेका प्रतिष्ठित कम्पनीहरुको सहभागिता रहेको छ । 

तीन दिन चल्ने यस मेलाको ६० हजार भन्दा बढीले अवललोकन गर्ने अनुमान गरिएको छ। अनुमानित कारोबार भने ५ करोड भन्दा माथि रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x