Date

आइत, साउन ६, २०८१
Sun, July 21, 2024

दोस्रो त्रैमासमा घट्यो आरएसडीसी लघुवित्तको नाफा

दोस्रो त्रैमासमा घट्यो आरएसडीसी लघुवित्तको नाफा

काठमाडौं, ४ माघ । आरएसडीसी लघुवित्तले दोस्रो वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार लघुवित्तको नाफा घटेको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म नाफा १२ प्रतिशतले घटेर ६ करोड ९३ लाख रुपैयाँमा सिमित छ ।
अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तको नाफा ७ करोड ९४ लाख रुपैयाँ थियो । नाफासँगै लघुवित्तको सञ्चालन नाफा र खुद ब्याज आम्दानी पनि घटेको छ । खुद ब्याज आम्दानी १२ करोड २० लाख रुपैयाँ छ भने सञ्चालन नाफा ९ करोड ९० लाख रुपैयाँ छ ।

यस्तै, लघुवित्तको चुक्ता पुँजी ८६ करोड ९५ लाख रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ रु १३१ दशमलव शून्य १ र पीई रेसियो ३६ दशमलव शून्य ७ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x