नेपाल बैंकको नाफा ४९.६० प्रतिशतले घट्याे, खराब कर्जा बढेर ४.५० प्रतिशत पुग्याे
चालु आर्थिक वर्षकाे दाेस्राे त्रमासमा नेपाल बैंककाे नाफा खुम्चिएकाे छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय अवस्था अनुसार पुस मसन्तसम्ममा बैंकको नाफा ४९.६० प्रतिशतले घटेर ५९ करोडमा खुम्चिएकोह हाे । गत आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब १७ करोड रुपैयाँ थियो।
यस्तै पुस मसन्तसम्ममा बैंकको खुद ब्याज आम्दानी २०.४० प्रतिशत, खुद फि तथा कमिशन आम्दानी ३७.८१ प्रतिशत, सञ्चालन आम्दानी २२.७८ प्रतिशत र खराब कर्जा बढेर ४.५० प्रतिशत पुगेको छ ।
बैंकको वितरणयोग्य मुनाफा ५६ करोड ९० लाख रुपियाँ ऋणात्मक रहको छ । प्रतिशेयर वितरणयोग्य मुनाफा रु. ७.७५ ऋणात्मक, प्रतिशेयर आम्दानी ८ रुपियाँ ३ पैसा र प्रतिशेयर नेटवर्थ २५२ रुपियाँ ५४ पैसा रहेको छ ।