Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

पुवाखोला–१ हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

पुवाखोला–१ हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

काठमाडौं, ११ माघ । पुवाखोला–१ हाइड्रोपावरले प्राथमिक शेयर (आईपीओ) जारी गर्ने भएको छ।

कम्पनीले सर्वसाधारणका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १९ लाख ४६ हजार ६६० कित्ता साधारण शेयर निष्कासन गर्ने बताएको छ।

कम्पनीले आइपिओ निष्कासनका लागि लक्ष्मी सनराइज क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

नियुक्ति सम्झौतापत्रमा पुवाखोला–१ प्रबन्ध निर्देशक कदम केसी तथा लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
पुवाखोला–१ इलाममा अवस्थित ४ मेगावाट क्षमताको जलविद्युत् आयोजना सञ्चालनमा छ।

 

Gita Budhathoki

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x