Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

नेपाल एसबिआई मर्चेण्ट र कालिञ्चोक दर्शनबीच व्यवसायिक सम्झौता

नेपाल एसबिआई मर्चेण्ट र कालिञ्चोक दर्शनबीच व्यवसायिक सम्झौता

काठमाडौं, १८ माघ । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड र कालिञ्चोक दर्शन बीच व्यवसायिक सहकार्य गर्ने सहमतिपत्रमा आज हस्ताक्षर भएको छ ।

सहमतिपत्रमा कालिञ्चोक दर्शन लिमिटेडका अध्यक्ष बालकृष्ण शिवाकोटीको उपस्थितिमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र कालिञ्चोक दर्शन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले हस्ताक्षर गरे ।

उक्त सहमतिपत्रमा उल्लेख भए बमोजिम नेपाल एसबिआई बैंकमा डिम्याट खाता खोली डिम्याट खाता सञ्चालन गर्दै आउनु भएका डिम्याट सेवा प्रयोगकर्ता ग्राहक मर आगामी दिनमा नयाँ डिम्याट खाता खोल्ने नयाँ ग्राहकलाई कालिञ्चोक दर्शन लिमिटेडले सञ्चालन गरेको केबुलबार चढ्दा १० प्रतिशत विशेष छुट प्रदान गर्ने सहमति भएको जनाइएको छ ।

समारोहमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतले यो सहकार्यमा जोडिन पाउँदा खुसी व्यक्त गरे। यस्तै कालिञ्चोक दर्शन लिमिटेडका प्रमुख कार्यकारी अधिकृतले आपसी सहकार्यबाट व्यवसायिक उचाइ हासिल हुने अपेक्षा राखे ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x