६ महिनाको अवधिमा सन् नेपाल लाइफ इन्स्योरेन्सको नाफा ३२ करोड ८४ लाख
काठमाडौं, २१ माघ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पन लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मका वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ७ दशमलव २२ प्रतिशत कम हो ।
चालु आर्थिक वर्षको ६ महिनासम्ममा इन्स्योरेन्सले ३२ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ३५ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
३ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको शेयर प्रिमियममा १ अर्ब २६ करोड रुपैयाँ, महाविपत्ती कोषमा १२ करोड ३५ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा १ अर्ब ७ करोड रुपैयाँ र अन्य इक्विटीमा ३१ कराड ९० लाख रुपैयाँ रहेको छ ।
इन्स्योरेन्सको प्रतिशेयर आम्दानी २० रुपैयाँ ५३ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८७ रुपैयाँ ४ पैसा रहेको छ ।