Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

फागुन १ गतेदेखि ऋणपत्र निष्कासन गर्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

फागुन १ गतेदेखि ऋणपत्र निष्कासन गर्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

काटमााडौं, २२ माघ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले फागुन १ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको हो ।

बैंकले प्रतिइकाई १ हजार रूपैयाँको दरमा ४० लाख ४० हजार इकाई ऋणपत्र जारी गर्ने जनाएको हो।

यसमध्ये बैंकले आफ्नै पहलमा १६ लाख १६ हजार इकाई अन्य संघसंस्थालाई बिक्री गर्ने भएको हो। सर्वसाधारणका लागि बाँकी २४ लाख २४ हजार इकाई खुला हुने बैंकले जनाएको छ। यसमध्ये सामूहिक लगानी कोषहरुका लागि ५ प्रतिशत अर्थात ८० हजार ८०० कित्ता ऋणपत्र छुट्याइएको छ।

नेपाल इन्भेष्टमेन्ट मेगाले १० वर्ष अवधिको (१० प्रतिशत एनआइएमबी डिबेन्चर २०९०) जारी गर्न लागेको हो। यसैगरी बिक्री प्रबन्धक प्रभु क्यापिटलले वार्षिक १० प्रतिशत ब्याजदर दिने बैंकले जानकारी दिएको छ।

यस ऋणपत्रमा फागुन १ गतेदेखि ४ गतेसम्म आवेदन दिन पाइनेछ भने उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा फागुन १५ गतेसम्म खुला रहने बैकले जनाएको छ। यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर मार्फत आवेदन दिन सकिनेछ।

Gita Budhathoki

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x