Date

शनि, पुस २०, २०८१
Sat, January 4, 2025

राष्ट्रिय वाणिज्य बैंकले ल्यायो ‘मेरो घर कर्जा’ योजना

राष्ट्रिय वाणिज्य बैंकले ल्यायो ‘मेरो घर कर्जा’ योजना

काठमाडौं, २६ माघ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले उपभोक्ता कर्जा निर्देशिका, २०७७ बमोजिम मेरो घर कर्जा योजना ल्याएको छ । घर खरीद, घर निर्माण तथा जग्गा खरीद गर्नका लागि अधिकतम पाँच करोड रुपैंया सम्म दिईने मेरो घर कर्जाको ब्याजदर बेसरेटमा १ दशमलव २० प्रतिशत प्रिमियम जोडिने छ ।

हाल बैंकको बेसरेट ८ दशमलव २५ प्रतिशत छ यसमा १ दशमलव २० प्रतिशत प्रिमियम जोड्दा वार्षिक ९ दशमलव ४५ प्रतिशत ब्याजदरमा बैंकले मेरो घर कर्जा लगानी गर्नेछ ।

कर्जा प्रशोधन तथा सेवा शुल्क एकपटकका लागि कर्जा रकमको ० दशमलव २५ प्रतिशत लाग्ने बैंकले जनाएको छ । कर्जा रकम मासिक किस्ताबन्दीमा भुक्तानी गर्ने गरी अधिकतम २० वर्षका लागि प्रदान गरिनेछ । यो कर्जा बैंकका देशभर रहेका सम्पूर्ण शाखा कार्यालयहरुबाट लिन सकिनेछ ।

हाल बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २८६ वटा शाखा कार्यालय, ३०५ वटा एटिएम र ७० वटा एक्स्टेन्सन काउन्टर रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x