कृषि विकास बैंक लाभांश वितरण नगर्ने
काठमाडौं, २६ माघ । कृषि विकास बैंक लिमिटेडले आफ्ना सेयरधनिलाई कुनै पनि लाभांश नदिने बताएकाे छ । बैंककाे बिहिबार बसेकाे सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
बैंकले आर्थिक वर्ष २०७८-७९ को नाफाबाट सेयरधनीलाई १३ प्रतिशत लाभांश वितरण गरेको थियो ।