Date

सोम, चैत्र २४, २०८१
Mon, April 7, 2025

भर्खर आइपीओ निष्कासन गरेको हिमालयन रिइन्स्योरेन्सले गर्यो लाभांश घोषणा

भर्खर आइपीओ निष्कासन गरेको हिमालयन रिइन्स्योरेन्सले गर्यो लाभांश घोषणा

काठमाडौं, २६ माघ । हिमालयन रिइन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ २५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुंजीको ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २१ प्रतिशत नगद लाभांश कुल ४ दशमलव २१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुंजी १० अर्ब रहेको छ ।

कम्पनीले ४ प्रतिशतले हुन आउने ४० करोड बराबरको बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २१ प्रतिशतले हुन आउने २ करोड १० लाख ५२ हजार ६३१ रुपैयाँ ५८ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x