Date

बिहि, फाल्गुन १०, २०८०
Thu, February 22, 2024

७ महिनामा सरकारले उठायाे ५ खर्ब ६७ अर्ब राजस्व

७ महिनामा सरकारले उठायाे ५ खर्ब ६७ अर्ब राजस्व

काठमाडाैं, १ फागुन । चालु आर्थिक वर्ष २०८०/८१ को माघ महिनासम्ममा सरकारकाे राजस्व संकलन लक्ष्यकाे ३९.८९ प्रतिशत मात्र भएकाे छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार ७ महिनाकाे अवधिमा  ५ खर्ब ६७ अर्ब ४० कराेड ३० लाख रूपैयाँ बराबर मात्र राजस्व संलन भएको छ ।

यस अवधिमा कुल १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख रुपैयाँबराबर राजस्व उठाउने सरकारी लक्ष्य रहेकाे थियाे ।

गत आर्थिक वर्षकाे यहि अवधिमा सरकारकाे राजस्व संकलन लक्ष्यकाे ३६.६८ प्रतिशत अर्थात ५ खर्ब १४अर्ब ६८कराेड ९६ लाख रूपैया बराबर मात्र भएकाे थियाे । गत वर्षकाे तुलनामा भने याे ३.२१ प्रतिशतले बढी हाे ।

यसैबीच सोमबार बजेटको अर्धवार्षिक समिक्षाका सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. प्रकाशशरण महतले लक्ष्य अनुरूपको राजस्व संकलन अभिवृद्धि गर्न राजस्व प्रणालीलाई प्रविधिमैत्री, स्वचालित, पारदर्शी बनाउने बताएका छन् ।

लक्ष्य अनुरूपको राजस्व संकलन अभिवृद्धि गर्न राजस्व प्रणालीलाई प्रविधिमैत्री, स्वचालित, पारदर्शी र करदातामैत्री बनाई स्वेच्छिक कर सहभागिता एवम् कर परिपालना अभिवृद्धि गर्ने उनकाे भनाइ छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x