Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

‘बजेट कटाैति गरेका छैनाैँ, राजस्व संकलन र पूँजीगत खर्च बढाउन हरसम्भव काेशीश गर्छाैँ’

‘बजेट कटाैति गरेका छैनाैँ, राजस्व संकलन र पूँजीगत खर्च बढाउन हरसम्भव काेशीश गर्छाैँ’

काठमाडाैं, ४ फागुन । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थ मन्त्रालयले बजेटकाे आकार नघटाएकाे स्पष्ट पारेका छन् । बजेटको आकार घटाएको भन्दै आलोचना भएपछि शुक्रबार पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री महतले संसदले पारीत गरेकाे बिषय अर्थ मन्त्रालयले कताैति गर्न नसक्ने बताएका हुन् ।

सरकारले गत जेठ १५ गते १७ खर्ब ५१ अर्बको बजेट सार्वजनिक गरेको थियो ।  माघ २९ गते अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा १५ खर्ब ३० अर्ब रुपैयाँ खर्च हुन सक्ने अनुमान गर्दै अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेका थिए ।

‘अर्थमन्त्रालयले हरेक वर्ष माघ मसान्तभित्र बजेटकाे अर्धवार्षिक मूल्यांकन प्रतिवेदन प्रकाशन गर्ने गरेकाे छ । यसैकाे सन्दर्भमा अर्थमन्त्रालयले चालु आर्थिक वर्ष २०८०/८१ अर्धवार्षिक मूल्यांकन सार्वजनिक गरेकाे हाे।’ उनले भने, ‘६ मिहनामा कति लक्ष्य निर्धारण गरेका छाैं, राजस्व, बजेट बिनियाेजनकाे कार्यान्वयनमा केकस्ताे प्रगति भयाे , के समस्या र अप्ठ्यारा रहे त्यसकाे समिक्षा गरिन्छ। बजेट बिनियाेजन कार्यान्वयनकाे सन्दर्भमा पूँजीगत खर्च वित्त व्यवस्थापन खर्च, साधारण खर्च, चालु खर्चमा के कस्ता उपलब्धी भए र आउने छ महिनामा कति खर्च गर्ने सम्भावना छ भनेर विश्लेषण गरीएकाे हाे।’

आउने छ महिनामा अर्थ मन्त्रालयले बढी भन्दा बढी खर्च गर्न काेसीस गर्ने बताए । यस्तै उनले राजस्व संकलन बढाउन पनि हरसम्भव काेशीस गर्ने बताए ।

 

 

 

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x