शेयर बजारमा दोहोरो अंकको गिरावट
काठमाडौं, ६ फागुन । साताको पहिलो कारोबार दिन (आइतबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । बिहीबार १४ दशमलव ४६ अंकले घटेको नेप्से परिसूचक आइतबार २७ दशमलव २१ अंकले घटेर २ हजार हजार ३४ दशमलव ८२ बिन्दुमा बन्द भएको हो ।
आज १ करोड ७ लाख ७२ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७७ करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबारमा आएका कम्पनीहरुमध्ये २१ कम्पनीको शेयर मूल्य बढेको छ भने २२५ कम्पनीको घटेको छ । बाँकी रहेका २ को स्थिर छ ।
आज २ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने सर्वाधिक कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ ।