धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन खुल्यो, यस्ता छन योग्यता ?
काठमाडौं, १६ फागुन । नेपाल धितोपत्र बोर्डको अध्यक्षका आवेदन माग गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीन बहादुर श्रेष्ठ नेतृत्वको छनौट समितिले आवेदन माग गरेको हो ।
योग्य नेपाली नागरिकले पाँच हजार दस्तुर तिरेर फागुन ३० गतेभित्र अर्थात आगामी १५ दिनसम्म आवेदन दिन सक्नेछन् । पुस २२ गतेदेखि बोर्ड अध्यक्षको पद खाली थियो । नयाँ स्टक एक्सचेञ्जका लागि लाइसेन्स वितरण हुने भएकाले आफू अनुकुल पात्रलाई अध्यक्ष बनाउन ब्यवसायीक घरानाहरु बिच तिब्र प्रतिस्पर्धा छ । अध्यक्ष चयनका लागि डा.श्रेष्ठको नेतृत्वमा अर्थ सचीव कृष्ण हरि पुष्कर र उदय निरौला सदस्यीय रहेको छनौट समिति छ ।
समितिले तयार पारेको कार्यबिधी अनुसार बोर्ड अध्यक्ष बन्नका लागि धितोपत्र सम्बद्ध विभिन्न क्षेत्रमा कम्तिमा सात बर्षको पेसागत अनुभव र स्नातकोत्तर उतिर्ण भएको हुनुपर्नेछ । बाणिज्य, कानुन, धितोपत्र बजार र ब्यवस्थापन,पुजि बजार बिकाश, आर्थिक, बित्तीय क्षेत्रमा अनुभव हुनेले आवेदन दिन सक्नेछन् ।
बिद्यावारिधी गरेका उम्मेदवारले अतिरिक्त ३ अङक पाउनेछन् । शैक्षिक योग्यताका लागि १२ अङक, ब्यवसायीक कार्ययोजना ४०, कार्ययोजना प्रस्तुतिकरण १८ र अन्तर्वार्ताका लागि ३० अङक तोकिएको छ ।