Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

सिटिजन्स बैंकमार्फत नेपालबाट भारत र भारतबाट नेपालमा पैसा पठाउन सकिने

सिटिजन्स बैंकमार्फत नेपालबाट भारत र भारतबाट नेपालमा पैसा पठाउन सकिने

काठमााडौं, १७ फागुन । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा सेवा सुविधाहरु पस्कने क्रममा फोन पे नेटवर्क सँगको सहकार्यमा क्रसवोर्डर व्यवसायीक भुक्तानी सेवा सुरुवात गरेको छ । यस सेवा अन्तर्गत पहिलो चरणमा सिटिजन्स बैंक मार्फत क्यू.आर. भुक्तानी सेवा लिएका व्यवसायहरूमा कारोबार गर्दा भारतीय एपमार्फत भुक्तानी गर्न सकिने छ ।

हाललाई यस्तो सेवा भारतीय एप भीम र फोन पे एपमार्फत नेपालस्थित सिटिजन्स बैंकका फोन पे क्यू.आर. मार्फत गर्न सकिने भएतापनि भविष्यमा बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत भारतमा समेत कारोबार गर्न मिल्ने व्यवस्था गर्न लागिएको छ । यसका साथै सिटिजन्स बैंककै मोबाइल बैकिंङ प्रयोग गरि भारतमा र भारतबाट सिटिजन्स बैंकका खातामा समेत रकमान्तर गर्न मिल्ने गरि कार्य भइरहेको बैंकले जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५२ वटा ए.टि.एम. र ९७ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख२६ हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x