Date

सोम, पुस २२, २०८१
Mon, January 6, 2025

सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँड सम्पन्न

सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँड सम्पन्न

काठमाडौं, २५ फागुन । सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँड भएको छ। कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा शुक्रबार आईपीओ बाँडफाँड भएको हो।

कम्पनीले गत फागुन १३ गतेदेखि १६ गतेसम्म प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसामा कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन तथा विक्री खुला गरेको थियो। उक्त सेयरमा कुल ९ लाख ६० हजार ३०१ जनाले ५ करोड ६ लाख १३ हजार ३६० कित्ता शेयरका लागि आवेदन परेको थियो । जसमध्ये ९ लाख ५८ हजार ९५९ आवेदन स्वीकृत भएको छ भने १ हजार ३४२ आवेदन रद्द भएको छ।

कम्पनीको सेयर ५५ हजार ५२१ जना आवेदकले ५० कित्ताका दरले कम्पनीको प्राप्त गरेका छन् भने २६ जना लगानीकर्ताले थप एक कित्ता अर्थात कुल ५१ कित्ता सेयरप्राप्त गरेका छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x