सात महिनामा ८ खर्ब ३९ अर्ब रेमिट्यान्स भित्रियो
काठमाडाैं, २७ फागुन । चालु आर्थिक वर्षको ७ महिनामा ८ खर्ब ३९ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकाे गरेको तथ्यांक अनुसार साउन–माघसम्ममा २१.६ प्रतिशतले वृद्धि भई रु.८३९ अर्ब पुगेकाे हाे ।अमेरिकी डलरमा विप्रेषण आप्रवाह १९.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ३१ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २७.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो ।
यस्तै समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २४७,०१२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १५८,५४० रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तोसंख्या क्रमशः ३१४,७६७ र १६७,७०८ रहेको थियो ।