Date

सोम, जेष्ठ ७, २०८१
Mon, May 20, 2024

सगरमाथामा फहराईदै रेडियो एभरेष्टको लोगो

सगरमाथामा फहराईदै रेडियो एभरेष्टको लोगो

काठमाडौं, ८ चैत । रेडियो एभरेष्टको लोगो अंकित व्यानर सगरमाथाको शिखरमा फहराइने भएको छ । एभरेष्ट मिडिया टेक प्रा.लि द्वारा संचालित रेडियो एभरेष्ट ९६.८ मेगाहर्जको लोगो अंकित व्यानर हिमाल आरोही राजेश मगरले सगरमाथाको शिखरमा फहराउने भएका हुन् ।

प्रा.लि.का संचालक समिति सचिव अशोक राईले बिहिबार आरोही मगरलाई सल्लेरी स्थीत रेडियो एभरेष्टको स्टुडियोमा उक्त व्यानर हस्तान्तरण गरेका हुन् । आरोही मगरको टिम सुरुमा ६ हजार मिटर अग्लो हिमाल लोबुचेबाट आरोहण सुरु गर्नेछ भने मे को दोश्रो साता सगरमाथामा पाइला टेक्ने छ । सोहि अवसरमा रेडियो एभरेष्टको पहिचानका लागी उक्त व्यानर सगरमाथाको शिखरमा फहराइने भएको हो ।

रेडियो एभरेष्टले २ हजार वाट क्षमतामा यही चैत्कोत दोश्रो साताबाट परिक्षण प्रसारण सुरु गर्दै छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x