Date

आइत, बैशाख १६, २०८१
Sun, April 28, 2024

फागुन मसान्तसम्म ३२ अर्बको खाद्यान्न आयात

फागुन मसान्तसम्म ३२ अर्बको खाद्यान्न आयात

काठमाडौं, ९ चैत । चालु आर्थिक वर्ष २०८०/०८१ को आठ महिनामा ३२ अर्ब रुपैयाँभन्दा बढीको खाद्यान्न आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुन महिनाको अवधिमा ३२ अर्ब २९ करोड ९ लाख ६९ हजार रुपैयाँ बराबरको ६९ करोड ७१ लाख ९८ हजार ८६४ किलोको खाद्यान्न आयात भएको हो ।

सो अवधिमा ७४ लाख ८० हजार रुपैयाँ बराबरको खाद्यान्न मात्रै नेपालले निर्यात गर्न सकेको छ । उक्त कारोबारबाट सरकारले २ अर्ब ६ करोड २६ लाख ४४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ भने सो अवधिमा नेपालले खाद्यान्नमा ३२ अर्ब २८ करोड ३४ लाख ८९ हजार रुपैयाँ व्यापार घाटा बेहोरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x