Date

शनि, बैशाख १, २०८१
Sat, April 13, 2024

सेयर बजारमा १७ दशमलव ३० अंकको गिरावट

सेयर बजारमा १७ दशमलव ३० अंकको गिरावट

काठमाडौं, १८ चैत । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७ दशमलव ३० अंकले घटेर २ हजार १८ दशमलव ३३ विन्दुमा बन्द भएको छ ।

आइतबार कूल ७९ लाख ५७ हजार ६५९ कित्ता सेयर ३ अर्ब २० करोड ५३ लाख ३२ हजार रुपैयाँमा कारोबार भएको नेप्सेले जनाएको हो ।

आज कारोबारमा आएका कम्पनीहरुमध्ये १७२ कम्पनीको सेयरमूल्य घटेको छ भने ६३ कम्पनीको बढेको छ । बाँकी रहेका १० कम्पनीको सेयरमूल्य स्थिर छ।

नेप्सेमा दोहोरो अंकको गिरावट हुँदा पनि मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सर्वाधित १० प्रतिशत कमाएका छन्‌ भने सर्वाधिक कारोबार सर्वोतम सिमेन्टको भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x