Date

शनि, बैशाख १, २०८१
Sat, April 13, 2024

मार्चमा १ लाख २८ हजार पर्यटकले गरे नेपाल भ्रमण

मार्चमा १ लाख २८ हजार पर्यटकले गरे नेपाल भ्रमण

काठमाडाैं, २० चैत । सन् २०२४ काे मार्च महिनामा १ लाख २८ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन् । मार्च २०२४ मा १ लाख २८ हजार १ सय ६७ पर्यटक नेपाल भित्रिएकाे नेपाल पर्यटन बोर्डले जनाएकाे छ ।

यस वर्ष गत वर्षको तुलनामा २८.९ प्रतिशतले पर्यटक आगमन बढेको छ । सन् २०२३ मार्चमा ९९ हजार ४ सय २६ पर्यटक नेपाल आएका थिए ।

पछिल्लाे समय नेपाल भित्रिने चिनीयाँ पर्यटकाे संख्या बढ्दै गएकाे छ ।मार्चमा भारतबाट ३० हजार ६ सय ९८,  चीनबाट १२ हजार ९२,  अमेरिकाबाट १० हजार ७ सय ६३, बेलायतबाट ७ हजार २ सय ४१, श्रीलंकाबाट ५ हजार ७ सय ४१, जर्मनी ५ हजार २ सय ५५, थाइल्यान्डबाट ४ हजार ५ सय ६७, अस्ट्रेलिया ३ हजार २ सय ४० र म्यानमारबाट ३ हजार ३१ पर्यटक नेपाल भित्रिएका छन् ।

गत जनवरीमा ७९ हजार १ सय पर्यटक र फेब्रुअरीमा ९७ हजार ४ सय २६ नेपाल भित्रिएका थिए । यसअनुसार नेपालमा तीन महिनामा ३ लाख ४ हजार ६ सय ९३ पर्यटक आएका छन् ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x