Date

मङ्ल, अशोज २९, २०८१
Tue, October 15, 2024

‘वित्तिय प्रणालीमा भएकाे पूँजी र अधिक तरलता व्यवस्थापनका लागि नीतिगत संरचना परिवर्तन आवश्यक ‘

‘वित्तिय प्रणालीमा भएकाे पूँजी र अधिक तरलता व्यवस्थापनका लागि नीतिगत संरचना परिवर्तन आवश्यक ‘

काठमाडाैं, २१ चैत । सरकार तथा मातहतका निकायहरू यतिबेला आगामी वैशाख १६ र १७ गते हुने तेस्राे लगानी सम्मेलनकाे तयारीमा जाेडताेडले जुटेका छन् । तर नीजि क्षेत्र भने लगानीका लागि बाधक मानिएका संशाेधनकाे काम नभएकाे भन्दै निरास बनेकाे छ ।

यता कोरोना महामारीभन्दा अघिसम्म नेपालमा वार्षिक करिब १९ अर्ब वैदेशिक लगानी आउने गरेकोमा  चालु आर्थिक वर्षको माघसम्म वैदेशिक लगानी जम्मा पाँच अर्ब १९ करोड रुपैयाँ भित्रिएकाे  छ । यस्ताेमा नेपालमा आन्तरीक रूपमै लगानीकाे वातावरण बन्न नसकेकाे टिका टिप्पणी भइरहेकाे छ ।

बैंक तथा वित्तिय क्षेत्रका विज्ञ तथा पूर्व बैंकर्स अनलराज भट्टराई नेपालमा लगानी सम्मेलन गर्दैमा लगानी नभित्रने बताउँछन्। नेपालमा देखिएकाे नीतिगत तथा कानूनी विवादका कारण नेपालमा लगानीकाे वातावरण खस्किएकाे उनकाे भनाइ छ ।

उनले भने, ‘एकातिर सरकारले सिभिल लायवलिटिलाई क्रिमिनल लायवलिटी जस्तो व्यवहार गरेकाे छ ।भने अर्काेतिर नीजिकरण गरेका चिजहरूलाई राष्ट्रियकरण गर्ने प्रवृति बढेकाे छ । यस्ताेमा लगानीका लागि उपयुक्त वातावरण कसरी बन्छ ?’

यस्ताे बाह्य लगानी आउँछ भनेर सोच्नु दिवा सपनामा बसेको जस्तो मात्र हाे त्यसैले याे वातावरणमा सुधार ल्याउन सरकारी व्यवहारीक रूपमा धेरै सुधार गर्नुपर्ने उनकाे भनाइ छ ।

‘पर्यटनमा लगानी गर्ने भनेर विदेशी बोलायौं, तर लगानी गर्नु पूर्व लगानीकर्ताले त प्रतिफल अवस्य हेर्छ। हामीले न त इन्टरनेशनल एयरपाेर्ट नै राम्राेसँग चलाउन सकेका छैनाैँ । न त नेपालकाे सडक सञ्जाल नै राम्राे बनाउन सकेका छाैँ । लगानी गर्न चाहिने आवश्यक पूर्वाधार निर्माण नगरी लगानी आउँदैन’ उनले भने।

उनले भने एकातिर हामीले प्रतिफल कमायाे भने पनि विदेशी लगानीकर्ता नाफा मात्र लैजान आउँछ भनेर भाष्य निर्माण गरेका छाैँ ।अर्काेतिर २०४८ सलमा लागु गरेकाे विदेशी लगानी तथा प्रविधी हस्तान्तरण ऐनलाई अहिलेसम्म हामी संशोधन नै गरीरहेका छाैँ।

सरकारले राजनैतिक परिवर्तनमा मात्र अल्झिनु भन्दा आर्थिक परिवर्तन तिर ध्यान दिनुपर्ने उनकाे भनाइ छ ।

यसका साथै हाल बैंक तथा वित्तिय संस्थामा जम्मा भएकाे पूँजी र व्यापक तरलता उपभाेग गर्न नीतिगत तथा कानूनी संरचना परिवर्तन गर्नु पर्ने उनकाे भनाइ छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x