Date

मङ्ल, जेष्ठ १५, २०८१
Tue, May 28, 2024

मंगलबार ९.१९ अंकले बढ्यो नेप्से, ४ अर्बको काराेबार

मंगलबार ९.१९ अंकले बढ्यो नेप्से, ४ अर्बको काराेबार

काठमाडाैं, २७ चैत । नेपाल स्टक एक्सचेन्ज नेप्से पिरसूचक मंगलबार झिनाे अंकले बढेकाे छ । शेयर बजार परिसूचक नेप्से आज ९ दशमलव १९ अङ्कले बढेर दुई हजार ३६ दशमलव ०१ विन्दुमा पुगेको छ ।

आज ९७ लाख ८९ हजार कित्ता शेयर चार अर्ब १४ करोड ३७ लाख रुपैयाँमा कारोबार भएको छ ।

आज होटल तथा पर्यटन, उत्पादन र लघुवित्तबाहेकका समूहको शेयर बढेकोमा फाइनान्स र अन्य समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज जानकी फाइनान्स, नेपाल फाइनान्स र पोखरा फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेकाे छ भने विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x