Date

बिहि, बैशाख २०, २०८१
Thu, May 2, 2024

भवानी राणा समूहले नेपालमै थाल्याे ‘फर्चुना’ ब्रान्डमा सिरिन्ज उत्पादन

भवानी राणा समूहले नेपालमै थाल्याे ‘फर्चुना’ ब्रान्डमा सिरिन्ज उत्पादन

काठमाडाैं, ७ बैशाख । मुलुकको औद्योगिक विकास, आयात प्रतिस्थापन तथा गुणस्तरीय उत्पादनको प्रतिवद्धतासहित फर्चुना हेल्थकेयर प्रालिले ‘फर्चुना’ ब्रान्डमा  सिरिन्ज उत्पादन थालेकाे छ ।

नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणासहितको लगानी रहेको फर्चुना हेल्थकेयरले स्वदेशी अस्पताल, क्लिनिक तथा निजी प्रयोजनका लागि आवश्यक सिरिन्जहरूको उत्पादन सुरू गरेको हो।

बिहीबार काठमाडाैंमा आयोजित कार्यक्रममा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले फर्चुना ब्राण्डका सिरिन्ज सार्वजनिक गरेका हुन्।

फर्चुना हेल्थकेयरले एक एमएलदेखि ६० एमएलसम्मका निडलसहितका सिरिन्जहरू तथा इन्सुलिन सिरिन्ज लगायतका उत्पादनहरू बजारमा ल्याएको छ। कम्पनीले चाँडै आइभी क्यानुला, हाइ क्वालिटी ग्लभ्स, ब्लड कलेक्सन ट्युब, आइभी क्यानुला फिक्सटर, एब्जर्बेन्ट कटन उल आइपी, गज, आइभी सेट, युरिन ब्याग, क्रेप एन्ड रोल ब्यान्डेजलगायतका उत्पादन बजारमा ल्याउन लागेको बताएको छ।

कम्पनीले आफ्ना उत्पादन विश्व स्वास्थ्य संगठनले औषधि उद्योगका लागि तोकेको मापदण्ड जिएमपी पूरा गरेको र नेपाल गुणस्तर चिह्न प्राप्तिका लागि प्रक्रिया अघि बढिसकेको जनाएको छ।

उद्योगमा भवानी राणाका साथै उद्योगी भरतराज आचार्य, ईश्वर जिसी, बाबुकाजी कार्की लगायतको लगानी रहेकाे छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x