Date

बुध, कार्तिक १४, २०८१
Wed, October 30, 2024

राष्ट्र बैंकद्वारा ५ सदस्यीय मौद्रिक नीति सल्लाहकार समिति गठन

राष्ट्र बैंकद्वारा ५ सदस्यीय मौद्रिक नीति सल्लाहकार समिति गठन

काठमाडौं, २१ वैशाख । नेपाल राष्ट्र बैंकले ५ सदस्यीय मौद्रिक नीति सल्लाहकार समिति गठन गरेको छ । राष्ट्र बैंकले डेपुटी गभर्नर डा. निलम ढुंगानाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो ।

समितिमा राष्ट्र बैंकबाट ३ जना सदस्य छन् भने २ जना बाह्य सदस्य छन् । राष्ट्र बैंकबाट संयोजक डा. निलम ढुंगाना, अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठ र अनुसन्धान विभागकै निर्देशक सत्येन्द्र सुवेदी रहेका छन् ।

यसैगरी वाह्य विज्ञहरुमा डा.मणिकलाल श्रेष्ठ र त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशात्र विभागका प्रमुख सो समितिमा सदस्यको रुपमा रहने व्यवस्था गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x