Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

सानिमा बैंकको फोनपे क्यूआरमार्फत भारतीय ग्राहकले अन्तरदेशीय भुक्तानी गर्नसक्ने

सानिमा बैंकको फोनपे क्यूआरमार्फत भारतीय ग्राहकले अन्तरदेशीय भुक्तानी गर्नसक्ने

काठमाडौं, २६ वैशाख । सानिमा बैंकले फोनपे पेमेन्ट सर्भिस प्रालिसँग भारतीय नागरिकहरूलाई सहज र सजिलो डिजिटल भुक्तानीका लागि सहकार्य गरेको छ।

यस सहकार्यअन्तर्गत भारतीय नागरिकहरूले अब फोनपे, भीम एप र यूपीआईमार्फत फोनपे नेटवर्कअन्तर्गतका क्यूआर कोड स्क्यान गरी डिजिटल भुक्तानी गर्न सक्नेछन्।

यस सहकार्यबाट नेपाल भ्रमण गर्ने भारतीय नागरिकहरुले नेपालमा सुरक्षित र सुनिश्चित डिजिटल माध्यमबाट झन्झटमुक्त भुक्तानीको अनुभव प्राप्त गर्न सकिने बैंकको विश्वास छ।

सानिमा बैंकका देशका सातै प्रदेशमा १ सय ३३ कार्यालयहरु तथा १ सय २४ वटा एटीएम सञ्जाल रहेका छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x