Date

शुक्र, पुस २६, २०८१
Fri, January 10, 2025

निर्माण व्यवसायीहरूको भुक्तानी गर्न बजेटमा व्यवस्था गरिनेः अर्थमन्त्री

निर्माण व्यवसायीहरूको भुक्तानी गर्न बजेटमा व्यवस्था गरिनेः अर्थमन्त्री

काठमाडौं, २ जेठ । अर्थमन्त्री वर्षमान पुनले नीति तथा कार्यक्रमसँग मेल खाने गरी आगामी बजेट आउने बताएका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको पूर्व बजेट अन्तर्क्रिया कार्यक्रममा उनले सबै क्षेत्रको सुझावलाई समेटेर निजी क्षेत्रको मनोबल उच्च हुने गरी बजेट ल्याउने बताएका हुन् ।

मन्त्री पुनले आगामी वर्षको बजेटबाट निर्माण व्यवसायीहरूको भुक्तानी हुने बताए । विगतका वर्षमा सम्पन्न भएका, बहुवर्षीय ठेक्का लागेका र बजेटमा उल्लेख भए पनि स्रोत सुनिश्चित नभएका आयोजनामा भुक्तानीको समस्या रहेको उनकाे भनाइ छ ।

यस्तै उनले करका दर थप्नेभन्दा पनि दायरा फराकिलो बनाउने भन्दै यसमा सरकारलाई निजी क्षेत्रको सहयोगको अपेक्षा रहने बताए

सरकारले हरेक क्षेत्रलाई समान व्यवहार गर्ने भन्दै यथार्थ धरातलमा बसेर बजेट ल्याउन सरकार तत्पर रहेकाे उनकाे भनाइ छ ।

यसअङघ नेपाल उद्योग वाणिज्य महासंघले अर्थमन्त्री वर्षमान पुनलाई सानाे आकारकाे बजेट ल्याउन सुझाव दिएकाे छ । पुर्व बजेट अन्तर्क्रिया कार्यक्रम आयाेजना गरी अध्यक्ष चन्द्र ढकालले चालु वर्षमा १७ खर्ब ५१ अर्बको बजेटमा अहिलेसम्म जम्मा ६० प्रतिशत खर्च भएको भन्दै खर्चको तुलनामा १० प्रतिशत मात्रै बढाएर बजेट ल्याउन सुझाव दिएका हुन् ।

यस्तै उनले पछिल्लो २ वर्षयता अर्थतन्त्र शिथिल भएको भन्दै बजेट मार्फत माग बढाउन र निजी क्षेत्रको मनोबल उच्च बनाउने कार्यक्रम ल्याउनु पर्ने बताए ।

स्थानीय उत्पादन २० प्रतिशत महँगो भए पनि सरकारी प्रयोजन प्रयोग गर्नुपर्ने, १ सयभन्दा बढी रोजगारी दिने उद्योगलाई प्रोत्साहान गर्ने, स्थानीय कच्चापदार्थमा आधारित उद्योगलाई प्राथमिकता दिनुपर्ने महासंघकाे सुझाव छ ।

 

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x