Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

मौद्रिक नीतिको तेस्रो समीक्षापछि शेयर बजार सकारात्मक, ४५ दशमलव ६९ अङ्कले बढ्याे नेप्से

मौद्रिक नीतिको तेस्रो समीक्षापछि शेयर बजार सकारात्मक, ४५ दशमलव ६९ अङ्कले बढ्याे नेप्से

काठमाडौं, ६ जेठ । मौद्रिक नीतिको तेस्रो समीक्षापछि शेयर बजारमा सकारात्मक प्रभाव परेको छ । साताकाे पहिलाे काराेबार दिन आइतबार शेयर बजार उच्च अङ्कले बढेको छ ।आज शेयर बजार मापक नेप्से  परिसूचक ४५ दशमलव ६९ अङ्कले बढेर दुई हजार ६४ दशमलव ४५ विन्दुमा पुगेको हाे ।

आज एक करोड २२ लाख कित्ता शेयर पाँच अर्ब २५ करोड रुपैयाँमा कारोबार भएको छ ।आज सबै समूहको शेयर बढेकोमा बीमा, बैंकिङ, उत्पादन समूहको शेयर उच्च बढेको छ ।

गएको शुक्रवार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो समीक्षामा बैंक तथा वित्तीय संस्थाले एक वर्ष पुगिसकेका लगानीमध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था गरेको थियाे ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x