Date

शुक्र, असार २७, २०८२
Fri, July 11, 2025

स्थानियहरुको लागि घलेम्दी हाइड्रोकोे प्राथमिक निष्कासन आजबाट, न्युनतम ५० कित्ता आवेदन दिन सकिने

स्थानियहरुको लागि घलेम्दी हाइड्रोकोे प्राथमिक निष्कासन आजबाट, न्युनतम ५० कित्ता आवेदन दिन सकिने

काठमाडौं, २२ असार । घलेम्दी हाइड्रोले आयोजना प्रभावित म्याग्दी जिल्लाको अन्नपुर्ण गाउँपालिकाका स्थानियहरुका लागि प्राथमिक शेयर निष्कासन गरेको छ । कम्पनीले आजबाट उक्त प्राथमिक शेयरको बिक्री खुल्ला गरेको हो । कम्पनीले स्थानियहरुका लागि ५ करोड ५० लाख रुपैयाँ बराबरको ५ लाख ५० हजार कित्ता प्राथमिक शेयर निष्कासन गरेको छ । यस प्राथमिक शेयरको बिक्री बन्द छिटोमा श्रावण ४ गते र ढिलोमा श्रावण २० गते हुने बताइएको छ ।

कम्पनीले प्राथमिक शेयर निष्कासनको लागि बिक्री प्रबन्धकमा भिबोर क्यापिटललाई नियुक्त गरेको छ । प्राथमिक शेयरको लागि आवेदकहरुले न्युनतम ५० कित्ता र अधिकत्तम २७५० कित्ता शेयर आवेदन दिन पाउने व्यवस्था मिलाईएको छ । यस शेयरको बाँडफाँड पछि आगामी ३ वर्षसम्म बिक्री गर्न नपाइने कम्पनीले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *