Date

शुक्र, मंसिर १४, २०८१
Fri, November 29, 2024

एनआईसी एशिया बैंकले बैंकबाट कर्जा लिएका ऋणिहरूलाई विभिन्न छुट अफर

एनआईसी एशिया बैंकले बैंकबाट कर्जा लिएका ऋणिहरूलाई विभिन्न छुट अफर

काठमाडाैं, २३ जेठ । एनआईसी एशिया बैंकले बैंकबाट कर्जा लिएका ग्राहकहरूका लागि विभिन्न ब्याज छुट योजना ल्याएको छ । बैंकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरूमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने उदेश्यले यस्ताे अफर ल्याएको जनाएको छ ।

बैंकले २०८० चैत्र मसान्त सम्ममा भाखा नाघेका कर्जाहरूको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ जेठ महिना भित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शतप्रतिशत छुट दिने जनाएकाे छ । 

यस्तै बैंकले ९१ दिनदेखि १८० दिनसम्म भाखा नाघेका कर्जामा १५ प्रतिशत ब्याज छुट, १८१ दिनदेखि ३६५ दिनसम्म भाखा नाघेका कर्जामा २५ प्रतिशत र ३६५ दिनभन्दा बढी अवधिको भाखा नाघेका कर्जामा ३५ प्रतिशत ब्याज छुट दिने व्यवस्था गरेकाे छ ।

मासिक तथा त्रयमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा पर्नु भएका ग्राहक महानुभावहरूले यस योजनामा सहभागी भई लाभ लिन सकिने बैंकले जनाएकाे छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x