Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

नेप्से परिसूचक ४.५९ अंकले घट्दा काराेबार रकम बढ्याे

नेप्से परिसूचक ४.५९ अंकले घट्दा काराेबार रकम बढ्याे

काठमाडाैं, २७ जेठ ।  साताकाे पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक सामान्य अंकले घटेकाे छ । आज नेप्से परिसूचक ४.५९ अंकले घटेर २ हजार ७३ दशमलव १९ बिन्दुमा पुगेर बन्द भएकाे हाे ।

आज नेप्से घटे पनि कारोबार रकममा भने सधार आएकाे छ । गत बिहिबार रू. ४ अर्ब ३८ करोड बराबरको कारोबार भएकोमा आज रू. ५ अर्ब १९ कराेड ९० लाख भन्दा बढीको काराेबार भएकाे छ ।

आज काराेबार भएकाे बजारमा १४७ कम्पनीका सेयर मूल्य घटेकाे छ भने ९७ वटाकाे बढेकाे छ । यस्तै ३ कम्पनीकाे सेयर मूल्य स्थिर रहेकाे छ ।

आज काराेबार भएकाे बजारमा सबैभन्दा बढी होटल तथा पर्यटन समूहको सूचक २ दशलमव ९२ प्रतिशत वृद्धि भएको छ भने ब्यापार समूहको सूचक १ दशमलव ५४ प्रतिशत घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x